Wednesday, July 27, 2016

लेखकको भान्सा संवाद


श्रीमतीः

लौ खाउ बुढा कथा कथुङग्रि, आलेख नियात्रा पनि
कचौरामा छन् कबिताहरु, दालको सट्टा पनि ।

चस्स, चट्ट स्वादिलो होला, मुक्तक तरकारी बन्या छ
एक पित्तको हाईकु छेवैमा छ, नुन खुर्सानी भ्mान्या छ ।

छोरो रुदै गयो स्कुलमा, भन्दै फिस तिरि देउ जांचमा
चप्पलको तुना गास्दै होली छोरी, सुक्सुकाउदै आंगनमा ।

चामल छैन भडुवामा, भोली नै मन्दिर धाउनु छ
भोको पेट छ सधैं भरि, च्यातिएको फरिया लाउनु छ ।

लेखकः

गन्गन नगरन बुढी धेरै, अब मैले के गरौं
के छ त्यो ल्याउ खाउ एक पेट, कि म आपैंm मरौं ।

श्रीमतीः

रत्नपार्कमा बेच तिम्रा कबिता, हेर कति दाम झर्दछन्
बल्छि खेल त कोशी किनारमा, धार्नी माछा मर्दछन् ।

जाउ ढुङ्गा फोर्न इन्द्रावतीमा, सुनको बाला फल्दछ
पेट भरि खान पाए कबिज्यू, स्वर्ग यहि झुल्दछ ।

किन झार्छौ आंशु घरिघरि, के कबिता पूmर्न लाग्यो
खाली पेटमा के लेख्छौ कबिता, आप्mनै प्राण उड्न लाग्यो ।

लेखकः

छैन केहि भनन् मात्र प्रियसी, किन यसरि छेड्दछ्यौ
समाज नै यस्तै छ हाम्रो, किन मलाई रेट्दछ्यौ ।

सीप छैन अरु केहि गरौ भने, हातले कलम जोत्दछ
विऊ छर्छु ज्ञानको जगतमा, केहि फल्दैन ओग छ ।

प्राण भन्दा प्यारो ममा छ लगन, छर्ने ज्योति ज्ञानको
भोकै मरुला बरु यो देशमा, आशा नै गर्दिन एकमानाको ।

श्रीमतीः

मर्दा कात्रो हुन्न लाशमा, शंख फुक्लान गर्दै आनाकानी
जिउदोमा नै मरिसकियो घरिघरि, अब को मर्छ जानाजानी ।

फाटेको फरियाले लाज छोपिन्न, मान्छौ भने मेरो सल्लाह
छोडिदेउ लेख्न आजैबाट तिमी, नखोज भोलीको दोसल्लाह ।

लेखकः

भो भो म थुनिन्न् मन भित्र, खोई एक कोरुवा पानी देउ
जिवनका अथाह पीडा लेख्छु अब, खोई कापी र कलम देउ ।

मेरो देश


बिविध समस्याका भाला रोपिएर
बिक्षिप्त मानसिकता
अवयवमा ऐंजेरु झै पालेर
कारुणिक चित्कार भित्र,
शोकधुन घन्काइएका छन् ।
महाभारतका लाशहरु
अन्त्यष्टिका लाथि लामबद्ध छन्
अति व्यस्त छ मेरो देश
अरुसंग भिन्न छ
श्मसान भन्दा के फरक छ मेरो देश?

बागमतीका पटाङ्गी,
कर्णालीका किनार,
भेरीका दोभान र राप्तीका बगरहरु
भरिएका छन् लाशका थाकहरुले
मलामीको खचाखचले,
बिक्षिप्त दृष्यहरु आंखा भरी टांसिदा
पखाल्न खोज्छन् आंशुहरु
कारुणिक चित्कार सुनामी झैं उर्लदा
छपक्क ढाक्न खोज्छन् शोकधुनहरु
यिनै कटाक्षपूर्ण मेरो देश
यममहल भन्दा के फरक छ मेरो देश ।

शरणार्थीका शिवीर देखी
चेपाङ र राउटेका ओढार सम्म
हलीकमैयाको छाप्रोबाट सुकुम्वासीको टहरा सम्म
छाना चुहिने दुर्गमका घर देखि
शहरका भीमकाय महल सम्म
मान्छेको वली चढाइएको छ
ठोक, मार, ढयांङ, ढुङको चित्कारले
एउटा मनुहिन हृदयलाई
सम्वेदनशिलताको कुरा वहिरोलाई पुराण हो
मलामीको लागि लामबद्ध हुनु
परम्परा बनेको छ
आशु विनाको आंखा पुछ्नु
राष्ट्र्यि शोक दिवस बनेकोछ
यहीनै सस्कृतिको गौरव भएको छ
श्मसान भन्दा के फरक छ मेरो देश ।

तराईका छात्ति खन्दा माटो भेटिन्न्,
पहाडका चट्टान फोर्दा सुन भेटिन्न्
हिमालका हिऊं पगाल्दा निर्मलता भेटिन्न्
त्याहा त मारिएका आस्था,
सड्न नसकेका मांसपिण्ड,
गल्न नसेका मानव अस्तिपंजर,
बग्न नसकेका दर्दका नुनिला मोति भेटिन्छन्
यसैमा त फरक छ मेरो देश,
श्मसान भन्दा के फरम छ मेरो देश?

मलामीका भोक मेट्न
भोग बाढिरहेका छन्
योग निकाल्ने स्वांङमा
जिउदा लाशको सूचीमा लामबद्ध हुन
बाध्य पारिरहको छन्
मेरा देशका मलामीहरु,
सिमाना तोकिएको श्मसानघाटमा
परेड खेलिरहेका छन् यमका दुतहरु
सिमाना तोकिएको श्मसानघाट भन्दा
के फरक छ मेरो देश ?

बिकासको चर्चा



हरेक बिहान चिया पसलमा
दलहरुको पक्षपोषण हुन्छ,
चियाको सूर्किसंगै चुरोटको शोषण हुन्छ,
जब तात्तै जान्छ तिनीहरुको जिब्रो
देश बिकासको खाका कोरिन्छ,
भोकले छटपटाएका मुसा
जब पेटमा दौडन थाल्छन्
भोली मिलाउला हिसाव भन्दै
साहुनीलाई सलाम ठोक्छन् ।

हरेक सांझ भट्टीका वेन्चीमा
नेताजीका भाषणको चर्चा हुन्छ
मदिराको चुस्कीसंगै
खैनी चुरोटको दोह हुन्छ
मातेका जिब्रोले ग्यारेन्टी गर्छ
मेरा नेताले बिकासको पाटो फेर्छ ।
जब रातको सन्नाटासंगै साहुनीको कर्कस सुनिन्छ
तब बास सम्झन्छन् हत्तार हत्तार
 हजारका नोटमा साहुनीको म्वाई खादै
मुस्कुराउदै भन्छन् गुडनाइट भोली भेटांैला ।

हरेक दिन सजियको मण्डपमा
एउटा अजंग बेहुलाको सवारी हुन्छ,
स्वागत सम्मानको नाममा
पलपलमा जनताको शोषण हुन्छ
जब पालो आउछ कुर्लिने
देश बिकासको सयौं खाका ओकलिन्छ
भोकप्यासले छट्पटायका जनता
सुस्त तालीमा गाली मिसाउछन्
नेता जयनेपाल, लालसलामा भन्दै
जनतालाई हात हल्लाउछन् ।

हरेक दिनका खबर खबरमा
अपत्यारिलो झुटको खेति हुन्छ,
जन नामका धनराशीमा
दल र नेताको रजांई हुन्छ ,
कागजी बिकासका पन्ना भित्र
जनताको भावना कुंजियको हुन्छ,
खबर भित्र हरायका जनता
उत्पिडनको रापले पोले पछि
छट्पटाउदै सडक तताउछन्
धरहरा हल्लाउछन् ।