श्रीमतीः
लौ खाउ बुढा कथा कथुङग्रि, आलेख नियात्रा पनि
कचौरामा छन् कबिताहरु, दालको सट्टा पनि ।
चस्स, चट्ट स्वादिलो होला, मुक्तक तरकारी बन्या छ
एक पित्तको हाईकु छेवैमा छ, नुन खुर्सानी भ्mान्या छ ।
छोरो रुदै गयो स्कुलमा, भन्दै फिस तिरि देउ जांचमा
चप्पलको तुना गास्दै होली छोरी, सुक्सुकाउदै आंगनमा ।
चामल छैन भडुवामा, भोली नै मन्दिर धाउनु छ
भोको पेट छ सधैं भरि, च्यातिएको फरिया लाउनु छ ।
लेखकः
गन्गन नगरन बुढी धेरै, अब मैले के गरौं
के छ त्यो ल्याउ खाउ एक पेट, कि म आपैंm मरौं ।
श्रीमतीः
रत्नपार्कमा बेच तिम्रा कबिता, हेर कति दाम झर्दछन्
बल्छि खेल त कोशी किनारमा, धार्नी माछा मर्दछन् ।
जाउ ढुङ्गा फोर्न इन्द्रावतीमा, सुनको बाला फल्दछ
पेट भरि खान पाए कबिज्यू, स्वर्ग यहि झुल्दछ ।
किन झार्छौ आंशु घरिघरि, के कबिता पूmर्न लाग्यो
खाली पेटमा के लेख्छौ कबिता, आप्mनै प्राण उड्न लाग्यो ।
लेखकः
छैन केहि भनन् मात्र प्रियसी, किन यसरि छेड्दछ्यौ
समाज नै यस्तै छ हाम्रो, किन मलाई रेट्दछ्यौ ।
सीप छैन अरु केहि गरौ भने, हातले कलम जोत्दछ
विऊ छर्छु ज्ञानको जगतमा, केहि फल्दैन ओग छ ।
प्राण भन्दा प्यारो ममा छ लगन, छर्ने ज्योति ज्ञानको
भोकै मरुला बरु यो देशमा, आशा नै गर्दिन एकमानाको ।
श्रीमतीः
मर्दा कात्रो हुन्न लाशमा, शंख फुक्लान गर्दै आनाकानी
जिउदोमा नै मरिसकियो घरिघरि, अब को मर्छ जानाजानी ।
फाटेको फरियाले लाज छोपिन्न, मान्छौ भने मेरो सल्लाह
छोडिदेउ लेख्न आजैबाट तिमी, नखोज भोलीको दोसल्लाह ।
लेखकः
भो भो म थुनिन्न् मन भित्र, खोई एक कोरुवा पानी देउ
जिवनका अथाह पीडा लेख्छु अब, खोई कापी र कलम देउ ।