Saturday, October 27, 2012

आमालाई पुकार

तिम्रो न्यानो गोधुलीमा निदाउन चाहन्थे
कपासको भारीसंग किन साट्यौ आमा?
तिम्रा स्नेही हातबाट पेट भर्न चाहन्थे
धाईसंग सौदावाजी किन ग¥यौ आमा?
आमाको सन्तान हुं पैसाको कदापी हुन सक्तिन

पैसाले खर्चेको मायामा म कदापी रम्न सक्तिन ।

तिम्रो हंसिलो अनुहारबाट म बोलि सिक्न चाहन्छु
खरिद गरेको भाषामा किन बेच्यौ आमा?
तिम्रो हातको सहारामा कालोपाटी कोर्न चाहन्छु
यो अजङ्गको भारी किन बोकायौ आमा?
गर्भमा बोक्न सक्यौ, अब बोक्नु पर्दैन मलाई
जे भन्यौ मानेकै थिए के गरिन र देखिनौ भलाई?

भोक लाग्दा रुएं हुंला मन दुख्दा तनाव दिएं
यहि नै भूल भए माफ गर बालक थिए
जे भनेनी मानी दिन्छु मूर्ति जस्तै बसि दिन्छु
तिमी समिप भए पुग्छ यांहाबाट छुटाउ आमा
बिन्ति छ आमा याहांबाट छुटाइ देउ
प्रणाम छ आमा तिम्रो न्यानो काख देउ ।

११ असोज २०६९

0 comments:

Post a Comment